नम्रताको तर्क–‘पुराना नायिकाहरुलाई हामीले पुजा गर्दा पनि हुन्छ’

Famous Nepal
Famous Nepal १४ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडाैँ । नायिका नम्रता सापकोटाले पुराना कलाकारहरूलाई नयाँ कलाकारहरूले नचिनेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । मिडिया कुराकानीमा नम्रताले आफ्नै क्षेत्रमा काम गर्ने फिल्मकर्मीको बारेमा बुझेर मात्र आउन नयाँ पुस्ताका कलाकारहरूलाई आग्रह गरिन् । नम्रताले भनिन्–‘मैले देखिरहेको हुन्छु, यहाँ पुराना कलाकारहरूलाई नयाँ पुस्ताका कलाकारले चिन्दैनन् । मलाई यो देखेर अचम्म लाग्छ । आफ्नै क्षेत्रमा काम गर्ने पुराना कलाकारहरूको बारेमा नबुझी, उहाँहरूको योगदानको बारेमा थाहा नपाई यहाँ आउनुको अर्थ छ र ?

नम्रताले आफूले अरूलाई सम्मान दिन सकेको खण्डमा मात्र अरूले पनि आफूलाई सम्मान दिने बताइन् । भनिन्–‘हामीले हाम्रा अग्रजहरूलाई सम्मान दिन सकेनौँ भने भोलिको दिनमा हामीले पनि अरू बाट सम्मानको अपेक्षा कसरी गर्न सक्छौँ ।’

नम्रताले पुराना नायिकाहरूको कारणले गर्दा नै आफूहरू यहाँ रहेको बताइन् । भनिन्–‘उहाँहरूले मिहिनेत गरेर फिल्म क्षेत्रलाई यहाँसम्म ल्याउनुभएका कारण आज हामी यहाँ छौँ । उहाँहरूलाई त वास्तवमा पूजा गर्दा पनि हुन्छ ।’

अर्को एक प्रसङ्गमा नम्रताले आफू संस्कारी भएको पनि बताइन् । आफू भन्दा सिनियर कलाकारलाई भेट्दा जहिले पनि आफूले सम्मान व्यक्त गरेको भन्दै यो आफूमा स्वतःस्फूर्त आउने नम्रताको भनाई छ । ​​​​​​​

- Advertisement -
Ad image

नम्रता अभिनीत फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेबाट रिलिज हुँदै छ । यो फिल्ममा काम गर्न पाउँदा आफू सन्तुष्ट रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Array