महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

Famous Nepal
Famous Nepal ३० जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ । एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नेपालका कविता कुँवरले २० रन बनाइन् ।

कविता जोशी १५ रनमा अविजित रहिन् । अरुले राम्रो रन बनाउन सकेनन् । त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९ ओभर २ बलमा ८७ रन बनाउँदा अलआउट भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो ।

नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array