शिव सङ्गीत र समीक्षा अधिकारीको स्वरमा रहेको ‘सम्झना…’ सार्वजनिक ( भिडियाे)

Famous Nepal
Famous Nepal ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ । गायक शिव सङ्गीत र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको सम्झना सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । सर्जक यामु रामदामको सिर्जनामा गायक स्वयमको सङ्गीत रहेको छ भने झलक सङ्गीतमले सङ्गीत संयोजन गरेका छन् ।
नेपाली टिपिकल लोक गीतमा धेरै आवाज दिने गायक सङ्गीतले झ्याउरे गीतमा पनि सङ्गीत भर्ने गर्छन् ।
गीतमा शेखर घर्ती, आरुशी मगर, बविता श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । गीतलाई प्रकाश भट्टले निर्देशन तथा छायाङ्कन गरेका हुन् ।
पश्चिम नेपालमा चल्ने झ्याउरे भाकाको गीतमा परदेशी लाहुरेको प्रेम देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array