लेखक महेन्द्र उपाध्यायको उपन्यास मिन्झारीमाथि विमर्श

Famous Nepal
Famous Nepal ३ असार २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ । लेखक महेन्द्र उपाध्यायको उपन्यास मिन्झारीमाथि विमर्श भएको छ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा राजनीतिज्ञ रेशम चौधरी, अधिवक्ता गीता चौधरी लेखकहरू ओम रिजाल, नवीन विभास देवव्रतले किताबमाथि छलफल गरेका थिए।

मिन्झारी विमर्शमा बोल्दै राजनीतिज्ञ एवम् लेखक रेशम चौधरीले थारू जातिलाई राज्यसत्ताले दबाएको र सोही कुरा मिन्झारीले बोलेको बताए। उनले टीकापुर घटनापछि आफूलाई ‘एलियनुजसरी हेरिएको भन्दै दुःख प्रकट गरे। उनले उपन्यासले त्यही विषयवस्तु उठाएको बताउँदै थारू(पहाडियाहरूबीच आफूले कहिल्यै सामाजिक सद्भाव भड्काउने काम नगरेको बताए। आफूले जीवनको सुरुवाती चरण नै देउडा गीतबाट सुरु गरेको बताउँदै दुई समुदायलाई‌ जोड्ने काम गरेको बताए।

त्यस्तै लेखक नवीन विभासले प्रथमपटक टीकापुर पुग्दाको स्मरण गर्दै टीकापुरलाई सहरलाई ‘डेथ सिटी’ भन्ने गरिएको बताउँदै त्यहाँको समाज अध्ययन महत्वपूर्ण विषय रहेको बताए। टीकापुर घटनाको स्मरण गर्दै उनले कसैले आफ्नो अधिकार माग्दा सामाजिक सद्भाव भड्किएको भन्न नमिल्ने बताए। ुजबसम्म चूप थियो सामाजिक सद्भाव थियो, जब बोल्न थाल्यो सद्भाव भड्किएको भन्ने भाष्य स्थापित गर्न खोजियो,ु उनले भने। तराईँमा थारुमाथि कसरी विभेद गरियो र कसरी उनीहरीको सम्पत्ति हत्याइयो भन्ने इतिहास सम्झिँदै उनले उपन्यासले समाजको यथार्थ प्रस्तुत गरिएको बताए।

उक्त मिन्झारी विमर्शमा लेखक ओम रिजालले मिन्झारी भित्र सरकारी कर्मचारीहरूको यथार्थ कुरालाई उठाइएको बताउँदै कर्मचारीतन्त्र सुध्रिनुपर्ने बताउनु भयो। विषयवस्तुका हिसाबले सशक्त कथा उपन्यासमार्फत् प्रस्तुत भएको उनको भनाइ थियो।

- Advertisement -
Ad image

त्यस्तै अधिवक्ता गीता चौधरीले मिन्झारी एउटा मालिकको आँखाले कमैया माथि लेखिएको उपन्यास भएको बताइन्। सामाजिक यथार्थ कथामा देखाइएको बताउँदै उनले महिला तथा एलजीबीटीक्युका मुद्दा उठाउँदा त्यस्ता विषयमा लेखकले ध्यान दिनुपर्ने सुझाव दिइन्।

उक्त कार्यक्रममा कवि देवव्रतले उपन्यासका हरेक पात्रले पठाकमा छाप छाड्ने बताए। समाजमा विभेदको सुरुवात विद्यालय स्तरबाट शिक्षकहरूले नै सिकाउने गरेको बताउँदै उनले थारु विद्यार्थीलाई शिक्षकहरूले गरेको व्यवहारको विगत स्मरण गरे।‌ उपन्यासको कल्लु पात्र जस्तै समाजमा अझै पनि थारु विद्यार्थी विद्यालय तहबाटै पढाइ छाड्न बाध्य हुनुपर्ने यथार्थ रहेको बताए। उपन्यासले त्यही विषय सशक्त रुपमा उठाए पनि ‘म’ पात्र हाबी हुँदा कथा केही बहकिएको उनको भनाइ थियो।

कार्यक्रमको सहजीकरण प्रकाश किरणले गरेका थिए। काबु क्रियशनद्धारा प्रकाशित मिन्झारी तीन महिनाअघि प्रकाशित भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array