आयरल्यान्डविरुद्ध २८२ रनको लक्ष्य पछ्याउँदै ओमान

Famous Nepal
Famous Nepal ४ असार २०८०, सोमबार
1 Min Read
Aa

काठमाडाैँ । जर्ज डोक्रेलको अविजित ९१ रनप्रेरित आयरल्यान्डले आईसीसी विश्वकपको ग्लोबल छनोटमा ओमानलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ।

बुलावावो एथ्लेटिक क्लबमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले सात विकेट गुमाएर दुई सय ८१ रनको योगफल तयार गर्यो।

आयरल्यान्डका लागि ८९ बलको सामना गरेका डोक्रेलले सात चौका र दुई छक्कासहित अविजित ९१ रनको शानदार इनिङ खेले। यस्तै, ह्यारी टेक्टरले ८२ बलमा पाँच चौका र ५२ रनको अर्धशतकीय इनिङ खेले। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ ओमानका लागि विलाल खान र फयाज बटले दुई–दुई तथा जिशन मक्सुद, आयान खान र जे ओडेड्राले एक–एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको ओमानले तीन ओभरमा कुनै विकेट नगुमाई ९ रन जोडेको छ।

- Advertisement -
Ad image

आइतबारदेखि सुरु भएको ग्लोबल छनोटमा आज समूह बीका खेल भइरहेका छन्। दुई समूहमा विभाजित १० टिमले पहिलो चरणबाट सुपर सिक्समा स्थान बनाउने छन्।

समूह ए र बीबाट शीर्ष तीन टिम सुपरसिक्समा पुग्ने र त्यहाँबाट शीर्ष दुई टिम अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array