टुडिखेलमा गौरा पर्व,सरकारी बिदा दिने प्रधानमन्त्रीको दाबी (तस्वीर सहित)

फेमस नेपाल
फेमस नेपाल ७ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । सुदुरपश्चिमको एक पर्व गौरा पर्व आज काठमाडौंको टुडिखेलमा भब्यताका साथ मनाएको छ । सुदुरपश्चिमकै पहिचानको रुपमा चिनिने गौरा पर्व सुदुरपश्चिमेलीहरुको परम्परा ,सस्कृती हो । काठमाडौंमा मनाएको यस बर्षको गौरा अझ उत्कृष्ट बनेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रमुख अतिथी रहेको यस पर्वको कार्यक्रम एउटा खुसी थपिएको छ । यस पर्वलाई पनि अबको दिनमा राष्ट्रिय पर्वको रुपमा मनाउने र सार्वजनिक बिदा समेत राख्ने बाचा प्रधानमन्त्रीले गरेका छन ।

गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईन्छ ।

अनुकुल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक,आस्था,आपसी सदाव बढाउन मद्धत पु¥याउने मात्र नभई यस पर्वमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने,ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

- Advertisement -
Ad image

सुदुरपश्चिमेलीहरुले धुमधामका साथ मनाईने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । यो पर्व सुदुरपश्मिाञ्चलमा एक ठुलो पर्वको रुपमा मनार्इैन्छ । साथै यस पर्वको दिन सरकारले देशभरि सनर्वजनिक विदा दिने गर्दछन ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरुले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडामा ‘बिरुडा’ अर्थात पाँच थरिका गेडागुडी भिजाउने गर्दछन । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरुद्दारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादको रुपमा प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array