छन्त्याल एक हुनुपर्छ भन्दै आए  युबराज छन्त्याल..( भिडियो सहित )

फेमस नेपाल
फेमस नेपाल २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

 

काठमाडौं । आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,”छन्त्याल परे म त” । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन ।

लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । “बजाउँदै पञ्चे बाजा” बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत “पैसा वाला हेर्छन्” बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो ।

त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ ।

- Advertisement -
Ad image

अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालले गीतको भिडियोमा अभिनय गरेका छन्  । भिडियोमा सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको छ । अधिनायक मान सेरचनले सम्पादन गरेको भिडियो महेश महराले खिचेका हुन्  ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array