गायक प्रकाश सपुतद्वारा जुमको १२औँ शाखाको सुभारम्भ

Famous Nepal
Famous Nepal २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ । गायक प्रकाश सपुतले जुमको १२ औँ शाखाको सुभारम्भ गरेका छन् ।

सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२औँ शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गरेका हुन्।
एकेडेमीकी ब्रान्ड एम्बासेडर नायिका केकी अधिकारीका साथमा गायक एवं नायक सपुतले उक्त शाखाको १ कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२औँ शाखा विस्तारसम्म महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र सशक्त बनाउन योगदान पु¥याएको बताए । त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दैे १२औं शाखासम्म पुगेको बताइन् ।

कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तिमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् ।

- Advertisement -
Ad image

जुमले महिला शशक्तिकरणका साथ–साथै उनीहरुले देशभित्रै पाएको रोजगारीले उनीहरुको परिवारलाई पनि सहयोग पु¥याएको र महिलालाई आफ्नै देशमा स्वाबलम्बी भएर बाँच्न सिकाएको जुम एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताए । जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्को र स्वयम्भूमा पनि शाखा सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array