कोशीमा गठबन्धनकै सरकार बनाउन देउवा अडिग

Famous Nepal
Famous Nepal २३ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् ।

सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । ‘कोशी प्रदेश सरकारको सन्दर्भमा कुरा हुँदा सभापति गठबन्धनकै सरकार हुनुपर्ने पक्षमा देखिनुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने र प्रश्न उठ्ने कुरा केही पनि गर्न हुँदैन भन्नेमा उहाँ क्लियर देखिनुभयो ।’

सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने बताइएको छ । आज नै प्रधानमन्त्रीले कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

विकल्पहरुबारे ती दलमा छलफल गर्ने र पुनः बैठक बस्ने गरि आजको बैठक टुंगिएको कांग्रेसका शीर्ष तहका एक नेताले जानकारी दिए । ‘उद्धव थापाको ठाउँमा अर्को व्यक्ति ल्याए हामीले सहयोग गर्छौं भनेर तल राप्रपाका सांसदले हाम्रा सांसदलाई भनिदिएका छन्,’ कांग्रेस नेता भन्छन्, ‘केन्द्रमा बुझ्दा तपाईंको दलमा हामीलाई के मतलब भन्छन् । त्यसैले राप्रपाको धारणा पहिले बुझ्नुपर्ने भयो ।’

- Advertisement -
Ad image

प्रदेश प्रमुखले २६ असोजसम्म १६८ (५) अनुसार कोशीमा सरकार बनाउन समायावधि दिएका छन् । उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array