आज दशैको पहिलोदिन । मैतिदेवी मन्दिरमा दर्शनार्थीको घुइँचो ( तस्वीरहरु)

फेमस नेपाल
फेमस नेपाल २८ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । आज दशैको पहिलो दिन अर्थात आज घटस्थापना । आज घर घरमा घटस्थापना गर्दै जमरा राख्ने दिन साथै आजबाट नवरात्री शुरु भएको छ । आजबाट आठौं दिनसम्म देविहरुको पुजा गरिन्छ । नवमी सम्म विभिन्न भगवान देविहरुको पुजा गर्ने गरिन्छ र यी नवौ दिनभित्र हरेक देविहरुको मन्दिरमा भक्तजनहरुको घुइँचो समेत लाग्ने गरिन्छ ।

आठौं दिनसम्म विभिन्न देविहरुलाई पुजेर नवमीको दिन नव दुर्गा भवानीको पुजा गरिने चलन रहेको छ । आजको दिनमा देशभर रहेका देवि भवानीहरुको मन्दिर बिहानैदेखी रातीसम्म पनि पुजा गरि दर्शन गर्नेको घुइँचो हुने गर्दछ ।

आज दशैको पहिलो दिन मैतिदेविको मन्दिरमा निकै घुइँचो लागेको छ । रातको ८ बजेसम्म पनि दर्शानार्थिको घुइँचो लागेको छ । मन्दिरलाई सदाझै दुलही झै सृगारिएको छ । सडकपेटीमा समेत झिलिमिली बत्तीले सजाएको मन्दिरमा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

मैतिदेवी मन्दिरमा पहिलो दिनको तस्वीरहरु :

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array