गैरआवासीय नेपाली संघद्वारा भुकम्प पीडितलाई १० लाख सहयोग

फेमस नेपाल
फेमस नेपाल १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । हिजो शुक्रबार राती गएको बिनासकारी भुकम्प पीडितहरुलाइ गैरआवासीय नेपाली संघले १० लाख सहयोग गर्ने भएको छ। भुकम्पमा ज्यान गुमाउने प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेप्रती स्वस्थ्यलाभको कामना गरेका छन । साथै भुकम्पले पीडित बनेका परिवार र स्थानमा गर्न सकिने सहयोगको लागि पनि सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरुलाइ आग्रह गरेका छन ।

जाजरकोट केन्द्रबिन्दु पारेर ६.४ रेक्टरको भुकम्पले जाजरकोट ,रुकुम लागायतका अन्य ठाँउहरुमा निकै क्षति पुर्याएको छ धेरैको संख्यामा मानिसले ज्यान समेत गुमाएका छन ।

जाजरकोट र रुकुममा गरि अहिले १५७ जनाले ज्यान गुमाएका छन भने १७० घाइते भएका छन । घाइतेहरुलाई स्वास्थ्य अवस्था हेरेर विभिन्न अस्पतालहरुमा उपचार गराइरहेको छ भने केही जटिल अवस्थाको लाई जहाजबाटै काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array