‘कबड्डी ४’को देश दौडाहामा निस्किए दयाहाङ र मिरुना

Famous Nepal
Famous Nepal ३ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । स्थानीय चुनावको सरगर्मीबीच रिलिज तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले देश दौडाहा थालेको छ ।

सोमबार पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ ।

चुनावको गर्मागर्मीबीच पनि दमकमा आयोजित कबड्डी कार्यक्रममा बाक्लो उपस्थिती रह्यो ।

‘हामीलाई चुनावको कारण दर्शक आउँदैनन् कि भन्ने डर थियो, त्यस्तो भएन’ निर्माता मणिराम पोखरेलले अनलाइनखबरसँग भने, ‘अन्य ठाउँमा पनि दर्शक आउने अपेक्षा गरेका छौं ।’

- Advertisement -
Ad image

फिल्म जेठ १३ गते प्रदर्शन तयारीमा छ । रिलिज लगत्तै नेपालगञ्ज लगायतको पश्चिम नेपाल यात्रा सुरु हुनेछ । चुनावले फिल्मको प्रचारप्रसारलाई केही ओझेलमा पारेको देखिएपनि पुनः दर्शक हलसम्म आउनेमा निर्माता पोखरेल विश्वस्त सुनिए ।

कबड्डीको यो दौडाहामा कलाकारहरु दयाहाङ राई, विजय बराल, मिरुना मगर, बुद्धि तामाङ, लेखक उपेन्द्र सुब्बा र निर्माता पोखरेल सहभागि छन् । छायांकन भैरहेको फिल्म ‘के घर के डेरा’बाट समय मिलाएर दयाहाङ कबड्डी प्रचारमा निस्किएका हुन् ।

फिल्मको प्रचारमा साथ नदिएको भन्दै दयाहाङको आलोचना भएको थियो । तर, अर्का अभिनेता सौगात मल्ल चाहिँ प्रचारमा देखिएका छैनन् । कबड्डी ४ लाई लिएर दर्शकमाझ पर्खाइ छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मका अघिल्ला तीनैवटा सिरिजले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका छन् । कबड्डी ४ ले रिलिज अगावै विदेश र डिजिटल राइटमार्फत लगानी सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array